हेटौडामा पुरुषले नै गरे पुरुषमाथि बलात्कार, महिलाले लगाइदिए जुत्ताको माला

  पहिलोपेज

 566 पटक हेरिएको

काठमाडौं, ११ असोज । देशैभर पुरुषद्धारा बालिकादेखि वृद्ध महिलासम्म बलत्कारका घटना घटिरहेका बेला अब पुरुषद्धारा पुरुष नै बलात्कारको शिकार हुनुपर्ने अवस्था समेत आएको छ  । अर्कोपछि अर्को हुँदै यौन पिपासु पुरुषहरुको दबदबा बढ्दै जाँदा हेटौंडाका एक पुरुष बलात्कारको शिकार हुनु परेको छ  ।

३० वर्षीय एक सुस्त मनस्थितिका युवालाई हेटौंडा नगरपालिका–८ कमाने गाउँका ६० वर्षीय केशव सिंखडाले मनकामना चोकको बारीमा लगेर यौन दुव्र्यहार गरेको आरोपमा उनलाई महिलाहरुले समातेर कालो मोसो र जुत्ताको माला लगाएर प्रहरीलाई बुझाएका छन् ।

सिंखडालाई बुधबार ईलाका प्रहरी कार्यालय पशुपतिमा बुझाईएको थियो ।  पछि गाउँलेहरु बीच सहमति भई निजलाई छाडिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनुपजंग रायमाझाीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार