रोजगारीका लागि कुवेत पुगेकी नेपाली चेलीको दुःखद निधन

  राज मल्ल

 1344 पटक हेरिएको

कुवेत, ११ असोज । कुवेतमा एक नेपाली महिलाको निधन भएको छ । बेलवारी ५ मोरङकी अन्दाजी ३९ वर्षीया फूलमाया बिकको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ ।

घरेलु कामदारको रुपमा करिव ७ महिना पहिले कुवेत आएकी फूलमाया आइतवार मात्र स्पोन्सरको घरबाट भागेर इलिगल भई जिलिव पुगेर कामको खोजीमा बसेको जनाइएको छ ।

फूलमायाको पोष्टमार्टम रिपोर्टमा करेन्ट लागेर मृत्यु भएको जनाइए पनि आफै लगाएको वा लागेको भन्नेबारे केही खुलेको छैन । दूतावास कुवेतमा प्रथम सचिव तथा सूचना अधीकारी भोगेन्द्र लिङ्देनका अनुसार मृतकको परिवार सम्पर्कमा आइसकेको र जतिसक्दो चाँडो शव नेपाल पठाउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार