सिराहामा डाक्टर अपहरणमा, सबै नाका बन्द गरेर खोजी कार्य जारी

  पहिलोपेज

 365 पटक हेरिएको

काठमाडौं, ९ असोज । सिराहा जिल्लाको लहानबाट एक जना चिकित्सक अपहरणमा परेका छन् । हेटौंडाको एक अस्पतालमा कार्यरत चिकित्सक सुवास बनैता यादवलाई अज्ञात समूहले अपहरण गरेको हो ।

करीव तीन चार जनाको समूहमा आएका मानिसहरुले यादवलाई अपहरण गरेको बताइएको छ । उनकी श्रीमती पुनम यादवले प्रहरीसमक्ष उजुरी दिएपछि अपहरित यादवको तीब्र खोजी भइरहेको प्रहरीले जनाएको छ । राजमार्ग र सबै नाका बन्द गरेर खोजी तीव्र गरिएको सिराहाका एसपी जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार