दाङमा गोरखा स्कूलको बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

  पहिलोपेज

 764 पटक हेरिएको

काठमाडौं, ८ असोज । दाङमा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । गोरखा माध्यमिक विद्यालय तुलसीपुरको रा १ क १९९ नम्बरको बस दुर्घटना हुँदा ती विद्यार्थी घाइते भएका हुन् ।

उक्त स्कूल बसमा ५० जना विद्यार्थी रहेको बताइएको छ । तुलसीपुरबाट बिजौरीका विद्यार्थी छोड्न गइरहेको समयमा बस तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ मोतीपुरमा दुर्घटना भएको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्कोटाले दिएको जानकारी अनुसार सबै विद्यार्थीको उद्धार गरी घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार