श्रीमतीको टाउकोमा श्रीमानको भाटा, श्रीमतीको यस्तो भयो हालत

  पहिलोपेज

 346 पटक हेरिएको

काठमाडौं, ७ असोज । घरायशी सामान्य विवादमा बागलुङमा एकजनाले श्रीमतीको टाउकोमा भाटा प्रहार गरेका छन् । उनको भाटा प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

सामान्य झगडा हुँदा श्रीमान्ले श्रीमतीको टाउकोमा भाटा प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका– २ की ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको हो । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले श्रीमतीको टाउकोमा भाटा प्रहार गरेका थिए ।

उक्त प्रहारबाट गम्भीर घाइते भएकी श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान र श्रीमतीबीच सामान्य भनाभन भएको थियो । भनाभनकै क्रममा देउप्रसादले तुलमायाको टाउकोमा भाटाले हानेका थिए ।

श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताए । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्य चौकीबाट नियन्त्रणमा लिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार