उत्सर्गको नृत्य र गायन विधाको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए

  पहिलोपेज

 608 पटक हेरिएको

दाङ, ७ असोज । उत्सर्ग फिल्मस् नेपालले विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आएको गायन तथा नृत्य प्रतिभाहरुको खोजी अभियान “उत्सर्ग डान्सिङ स्टार” र “हिरो अफ भ्वाइस”को पाँचौं संस्करणको मेगा राउण्ड सम्पन्न गरेको छ । उत्सर्ग डान्सिङ स्टार ५ मा ६८ जना नृत्य प्रतिभाहरुले भाग लिएका थिए भने २२ जना सेमी फाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षकद्वय अञ्जु बस्नेत र ममता चौधरी रहेका थिए । सेमी फाइनलमा प्रवेश गर्नेहरुमा निलम राई, बबिता बीसी, बिशाल पाण्डेय, रोजिला वली, विन्दु रसाइली, अनुशा वली, स्मृति हमाल, समीक्षा वली, करुणा भण्डारी, आकृति चौधरी, सुरती चन्द, हेमन्त बुढाथोकी, रविना बस्नेत, कमल पुन, तुफान वली, सिर्जु बोहरा, सृष्टि बिष्ट, अञ्जली बस्नेत –ए), अञ्जली बस्नेत –बि), प्रनिशा तामाङ, शिखा रेग्मी र आकृति ज्ञवाली रहेका छन् । उत्सर्ग डान्सिङ स्टारको सेमी फाइनल आगामी असोज १३ गते घोराहीमा हुने भएको छ ।

त्यसैगरी गायन प्रतियोगिता “हिरो अफ भ्वाइस”को पाँचौ संस्करणको मेगा राउण्डमा ३२ जना सहभागी भएका थिए भने तेस्रो राउण्डका लागि २४ जना छनौट भएका छन् । यस प्रतियोगिताको निर्णायकमा गायक एवं संगीत प्रशिक्षक केशव रावत रहेका थिए । तेस्रो राउण्डका लागि छनौट हुनेहरुमा किरण वि.क., हेमन्त भण्डारी, नीता घर्ती मगर, सन्ध्या रानामगर, गमी बाँठामगर, राधिका पुन मगर, जान्वी विष्ट, पूर्णिमा घर्तीमगर, शालिकराम रोका क्षेत्री, सपना सुनार, केशव हमाल, मनिषा जीएम, बिक्रम जीएम, राम नेपाली, सृष्टि डाँगी, अंशु पाण्डेय, नवीन केसी, ब्लेस सेन, सुहाना डाँगी, सुदीप घर्ती, सुजाता पोख्रेल, मिरा राना, बिहानी शर्मा र रञ्जित परियार रहेका छन् । यस प्रतियोगिताको अर्को राउण्ड दशैंपछि हुने आयोजक उत्सर्ग फिल्मस्का प्रवन्ध निर्देशक केएल पीडितले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार