दाङमा दशैं अगाडि नै प्लेन उडाउने मन्त्रीको आश्वासन

  पहिलोपेज

 274 पटक हेरिएको

दाङ । बाजागाजाँसहित स्वागत पाएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले स्थानिय तथा स्थानिय सरकारका प्रतिनिधिहरूको गुनासो सुनेपछि मन्त्री अधिकारीले दशैं अगाडि नै दाङमा सानो विमान सेवा सुरु हुने आश्वासन दिएका छन् । उनले काठमान्डौं–भैरहवा–दाङ प्लेन चलाउने तयारी भइरहेको जानकारी दिए ।

संभव भएको खण्डमा सोझै काठमाडौं– दाङ सेवा सुरु हुने बताए ।

‘दाङमा कसरी जहाज चलाउने भन्ने सवालमा तपाईंलाई भन्दा मलाई बढी हुटहुटी छ । विश्वास गर्नुहोस दशैं अगाडि नै विमान सेवा नियमित हुन्छ ।’ उनले दाङमा निर्माण हुने भनिएको ‘वैकल्पिक विमानस्थल’ घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर क्षेत्रको पनि आइतवार नै अवलोकन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार