दाङमा एयरपोर्ट निरीक्षण गर्न आएका मन्त्रीको बाजागाजा सहित भव्य स्वागत

  पहिलोपेज

 319 पटक हेरिएको


दाङमा एयरपोर्ट निरीक्षण गर्न आएका मन्त्रीको बाजागाजा सहित भव्य स्वागत गरिएको छ ।

तुलसीपुरस्थित टरिगाउँ एयरपोर्ट भित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको स्वागतको आइतवार टेन्ट र आकर्षक स्टेज तयार पारिएको थियो । जहाँ उनको बाजागाजासहित भव्य स्वागत गरियो । नाच गान पनि भयो । जस्को व्यवस्थापन तुलसीपुर उपमहानगरपालिकाले गरेको हो ।

नेपालगन्जसम्म प्लेनमा आएका मन्त्री अधिकारी त्यहाँ भने गाडीमा गएका थिए । मन्त्री अधिकारीको स्वागतमा एक दर्जन बढी प्रदेश र प्रतिनिधीसभाका सदस्यहरु उपस्थित थिए । मन्त्री अधिकारीको स्वागतमा गरिएको ठूलो तामझामलाई स्थानियहरूले भने नाटकको संज्ञा दिएका छन् । ‘एयरपोर्ट भित्रै टेन्ट र मञ्च निर्माण गर्दै बाजागाजा बजाएर चटक देखाउनु भन्दा प्लेन ल्याएर देखाए भैगो नि, यो फजुल खर्च किन गर्नु र्पयो’, एक स्थानीयले भने ।

उनले ५ महिना अगाडि यसैगरी सभामुख कृष्णबहादुर महरा, मुख्य मन्त्री शंकर पोखरेल लगाएतको स्वागत भएको हुँदा यो नाटक मात्रै भएको उनको दाबी थियो । कार्यक्रमका अधिकाशं वक्ताहरुले दाङ जिल्ला राज्यबाट ठगिदै र अपहेलित हुँदै आएको भन्दै कडा शब्दमा आलोचना गरे । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले नियमित प्लेन आउने आशामा दंगालीले पटक पटक मन्त्रीहरुलाई बाजागाजा सहित फूलमालाले स्वागत गर्दै आएको भएपनि नेताहरुले गफ दिएझैं काम नभएको भन्दै आक्रोश पोखेका थिए ।

यस्तै नेकपा एमालेका पूर्व दाङ जिल्ला अध्यक्ष टिकाराम खड्काले रुकुम र सुर्खेत, डोल्पा लगाएतका स्थानमा प्लेन नियमित उड्न सक्ने तर तुलसीपुरमा किन उड्न नसक्ने हो ? भन्ने प्रश्न गरेका थिए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावत (विरु)ले प्लेन नआउँदा हालसालै एकजना घाइते शिक्षिकालाई ५ लाख खर्चेर हेलिकोप्टर चार्टर गरि काठमाडौं पुर्याउनु परेको स्मरण गराउँदै प्लेन छिटो आउने वातावरण बनाइदिन आग्रह गरे । तुलसीपुरका मेयर घनश्याम पाण्डेले दाङ उपत्यका काठमाडौं भन्दा ५ गुणा ठूलो रहेपनि विमान नहुँदा देशले नै घाटा बेहोरी रहेको बताए ।

उनले दाङकै घोराही क्षेत्रमा निर्माण हुने भनिएको वैकल्पिक विमानस्थलले दुविधा उत्पन्न गरेको बताए ।

उनले धावनमार्ग विस्तारका लागि जग्गा खोज्ने जिम्मा उपमहानगरपालिकाले लिने, यात्रुको जिम्मा समेत लिने हुँदा तुरुन्त प्लेन आउने वातावरण बनाइदिन आग्रह गरे । उक्त कार्यक्रमलाई प्रतिनिधिसभा सदस्यहरु मेटमणी चौधरी, हिराचन्द्र केसी, माननियहरु शान्ता चौधरी, रेखा शर्मा, अनिता देवकोटा, पार्वती डिसी चौधरी, नागरिक उड्यनका महानिर्देशक संजिव गौतम लगाएतले सम्वोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार