दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया किशोरी परिन् सामुहिक बलात्कारमा

  पहिलोपेज

 424 पटक हेरिएको


म्याग्दी, १ असोज । म्याग्दीको बेनी नगरपालिका–८ नयाँगाउँ घर भई अन्नपूर्ण गाउँपालिका–६ धारास्थित दिदीको घरमा जाँदै गरेकी १५ वर्षीया किशोरीलाई सामुहिक बलात्कारमा परेको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीको अभियोगमा प्रहरीले म्याग्दीमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ धारा बस्ने १८ वर्षीय अर्जुन रात्ना र नवीन परियार छन् ।

उनीहरु दुवै जनालाई बलात्कार गर्दैगर्दा किशोरीका आफन्तले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । किशोरीका आफ्न्तको नियन्त्रणमा रहेका दुवै जनालाई प्रहरी चौकी शिखधाराबाट खटिएको टोलीले पक्राउ गरेको हो । यता ओखलढुङ्गामा अपाङ्ग महिलालाई बलात्कार गर्ने एक पक्राउ परेका छन् ।

ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ निसंखे चुहानछाप बस्ने फरक क्षमता भएकी (बोल्न नसक्ने) ३५ वर्षीया महिलालाई बारीमा घाँस काट्न गएको अवस्थामा जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय लालबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई हिरासतमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार