नेपाल–चीनबीचको प्रोटोकलले नेपालको कूटनीतिक सम्वन्धलाई नयाँ उचाइमा पुर्याइयो : योगेश भट्टराई

  पहिलोपेज

 276 पटक हेरिएको


काठमाडौं, ३१ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराईले नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौतासम्वन्धी प्रोटोकलले नेपालको कूटनीतिक सम्वन्धलाई नयाँ उचाइमा पुर्याएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद योगेश भट्टराई
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै भट्टराईले पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलले नेपाली अर्थतन्त्रलाई माथि उठाउने कुरामा कुनै आशंका नभएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ चैतमा गरेको चीनको भ्रमणमा नेपाल र चीनबीच ऐतिहासिक पारवहन तथा यातायात सम्झौता भएको थियो ।

उक्त सम्झौता अव पूर्ण कार्यान्वयनमा आउनेछ । अघिल्लो साता दुई देशबीच त्यसको प्रोटोकलमा पनि सहमति भएको छ । ‘नेपाल र चीन बीचका ६ वटा नाकामार्फत आगामी दिनमा नेपालको व्यापार सहज हुनेछ ।

यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पु¥याउने छ’, उनले भने । सांसद प्रेम सुवालले नेपाल मेडिकल काउन्सिलको कामलाई पारदर्शी बनाउन माग गर्नुभयो । सांसद छक्कबहादुर लामाले शिक्षक सेवा आयोगको परीक्षा केन्द्र हुम्लाको सिमिकोटमा सञ्चालन गर्न माग गरेका छन् ।

सांसद मैनाकुमारी भण्डारीले हालैको वर्षातको बाढी र पहिरोले बागलुङ जिल्लाका विभिन्न स्थानामा क्षति पुगेकाले तत्काल जोखिममा रहेका बस्ती सार्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद दुर्गा पौडेललले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई छिटो सार्वजानिक गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार