‘प्रहरी जवानमा भर्ती गराइदिन्छु’ भन्दै हिड्को आरोपमा एक पक्राउ


‘प्रहरी जवानमा भर्ती गराइदिन्छु’ भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको भिमेश्वर–१, चरिकोट घर भइ हाल पेप्सिखोला बस्ने कालिबहादुर लामा रहेका छन् ।

उनलाई काठमाडौं प्रहरीले काठमाडौं–५, महाराजगञ्जबाट पक्राउ गरेको हो ।

लामासहितका व्यक्तिहरूले सल्यानका २० वर्षीय गणेश भण्डारीलगायत अन्यलाई ‘प्रहरीमा जागिर लगाइदिन्छु’ भन्दै रकम असुली गरेका थिए । उनीहरूले प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराइदिने प्रलोभन देखाएको प्रहरीको भनाइ छ ।

प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार