गोविन्दा पुगे पशुपति नाथको दर्शन गर्न

  पहिलोपेज

 210 पटक हेरिएको


काठमाडौं । शनिबार मध्यान्न नेपाल आएका बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले बिहान पशुपति नाथको दर्शन गरेका हुन् ।

काठमाडौ ओर्लिएलगतै नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिएका गोबिन्दाको ३ दिने नेपाल बसाईको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भट्ने र चन्द्रागिरी पुग्ने समेत योजना रहेको छ ।

यसअघि बलिउड सुपरस्टार गोविन्दा अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार