निर्मला पन्तको बलात्कार/हत्या प्रकरणमा २ डिएसपीसहित ५ प्रहरी निलम्बित

  पहिलोपेज

 782 पटक हेरिएको

काठमाडौं, ३० भदौ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा २ जना डिएसपीसहित ५ जना प्रहरीलाई निलम्बित गरिएको छ । अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो ।

सिआइबीका डिएसपी अंगुर जिसीसहित थप प्रहरीलाई गृह मन्त्रालयले निलम्बन गर्ने निर्णय गरेको हो । सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनका आधारमा जिसीसहित डिएसपी ज्ञानबहादुर सेठी, इन्सपेक्टर एकेन्द्र खड्का र जगदीश भट्ट तथा असई रामसिंह धामीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।

पन्तको हत्यामा नक्कली अभियुक्त खडा गरेको पुष्टि भएपछि उनीहरुलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको हो । एसपी डिल्लीराज बिष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार