गगन थापाले लगाए गृहमन्त्रीको कार्यक्षमता कमजोर रहेको आरोप

  पहिलोपेज

 213 पटक हेरिएको


काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले गृहमन्त्री रामबहादुर थापाको कार्यक्षमता कमजोर रहेको आरोप लगाएका छन् ।

बैठकको शून्य समयमा बोल्दै सांसद थापाले गृहमन्त्री थापाको कार्य शैलीको बिरोध गरे ।

गृहमन्त्रीको कार्य क्षमता र सोचमा नै बादल आरोप लगाउँदै थापाले पछिल्ला केहि घटनामा उनले लिएका निर्णयले काम गर्ने क्षमता नभएको देखाएको दाबी गरे । यस्तै आजको बैठकमा सांसद कृष्ण कुमार राइले चाबहिल जोरपाटी साँखु सडक खण्ड समयमा नबन्दा स्थानीय जनप्रतिनिधिले सार्वजनिक रुपमा उभिन नसक्ने अवस्था आएको भन्दै सडक निर्माणलाई तिब्रता दिन माग गरे ।

बैठकमा सांसद गजेन्द्र बहादुर महतले स्थानीय पूर्वाधार कोष परिचालन नहुदा दुर्गम र ग्रामिण क्षेत्रको साना साना विकाश आयोजना प्रभावित भएको गुनासो गरे ।

सांसद कृष्ण कुमार श्रेष्ठले कलंकी नाग ढुंगा र नाग ढुंगा नौबिसे सडक खण्डमा हुने सवारी जामले काठमान्डौ बाहिर जाने जनताले दुख पाउने गरेको भन्दै दशैं अगाडी जाम कम गर्न सरकार सँग माग गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार