निर्मलाका निम्ति न्याय (फोटो फिचर)

  पहिलोपेज

 467 पटक हेरिएको


काठमाडौं । ५१ दिनअघि बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कारबाही गरी पीडितलाई न्याय दिलाउन दवाव दिने उद्देश्यले गर्दै शनिबार राजधानीको माइतीघरमा बृहत् प्रदर्शन गरिएको छ ।

 

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शनमा हजारौं सर्वसाधरण सहभागी भएका छन् । निर्मला घटनाका दोषी अझैं कारबाहीको दायरमा आउन नसकेको अवस्थामा अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सहभागिहरुले मौन बसेको सरकार किन बढ्दैछ बलात्कार ?, सरकार देखाऊ इच्छा खै त महिला सुरक्षा, सरकारले देखायो लाचारी त्यसैले हाम्रो खबरदारी, निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

शनिबार देशका विभिन्न १९ स्थानमा ‘निर्मलाका निम्ति न्याय’ माग्दै प्रदर्शनको आह्वान सामाजिक सञ्जालमार्फत गरिएको थियो । निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अहिले न्याय माग्दै निर्मलाका बाआमा काठमाडौं आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार