निर्मलाको बलात्कार र हत्याको घटनामा सबैभन्दा असन्तुष्ट गृहमन्त्री

  पहिलोपेज

 440 पटक हेरिएको

काठमाडौँ, २९ भदौ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पहिचान हुन नसक्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताएका छन् ।

निर्मलाका आमा र बुवासहितको प्रतिनिधिमण्डलालाई आज गृहमन्त्रालमा भेट्दै गृहमन्त्री थापाले भने, ‘दोषीलाई कठघरामा ल्याउन नसक्दा जति पीडा गृहमन्त्रीलाई हुन्छ, त्यति अरुलाई हुँदैन होलाजस्तो मलाई लाग्छ ।’

निर्मलाको हत्याराको नजिक आफूहरु पुिगसकेको भन्दै दोषीलाई कठघरामा ल्याई छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

गृहमन्त्री थापाले भने, ‘कञ्चनपुर घटनामा हामीले सुरुदेखि नै ध्यान दिएका हौ । घटना लगत्तै स्थनीय प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दियौ । त्यसपछि केन्द्रबाट सिआईबी टोली पठायौं । त्यसले पनि नभएपछि उच्चस्तरीय छानविन समिति गठन गरिएको छ । समिति बाहेक पनि छुट्टै ढंगले थप अनुसन्धान भइरहेको छ ।’

सो घटनामा जिम्मेवार निकाय तथा व्यक्तिबाट भएका लापरवाहीलाई छुट नदिइने गृहमन्त्रीले स्पष्ट पारे । दोषी छिटो पत्ता नलाग्दा परिवारलाई चिन्ता हुनु स्वभाविक भएको भन्दै गृहमन्त्री थापाले दोषी पत्ता लगाउन परिवारको समेत साथ लिएर अघि बढ्ने बताए ।

स्व. निर्मलाका आमा, बुवाले घटना भएको लामो समय बित्दा समेत दोषी पत्ता नलागेको, प्रहरीबाट बिगतमा राम्रो साथ नपाएको गुनासो गर्दै छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन गृहमन्त्रीलाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार