चिनियाँ राजदूत यू होङले जंगी अड्डामै पुगेर दिइन प्रधानसेनापति थापालाई बधाई

  पहिलोपेज

 215 पटक हेरिएको

२९ भदौ, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत यू होङले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई बधाई दिएकी छन् । शुक्रबार दिउँसो जंगी अड्डामै पुगेर राजदूत होङले प्रधानसेनापति थापालाई बधाई दिएकी हुन् ।

साथै शिष्टाचार भेटवार्ताका क्रममा राजदूत होङ र प्रधानसेनापति थापाबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा पनि छलफल भएको जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

यसअघि, भारतीय राजदूत मञ्जिवसिंह पुरीले पनि प्रधानसेनापति थापालाई जंगी अड्डा पुगेरै बधाई दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार