समूह ‘ए’ मा पर्यो नेपाल

  पहिलोपेज

 270 पटक हेरिएको


२९ भदौं, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिप फुटबलमा समूह ‘ए’ मा परेको छ ।

साउथ एसियन फुटबल फेडेरेसनले आज (शुक्रबार) सार्वजनिक गरेको ड्र मा नेपाल समूह ए मा परेको हो । नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान परेका छन् ।

त्यस्तै, समूह ‘ब’ भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । साफ महिला च्याम्पियनसिप डिसेम्बर १७ देखि २६ तारिखसम्म हुदैछ । तर अहिलेसम्म आयोजक राष्ट्रको टुंगो भने लागिसकेको छैन ।

श्रीलंकाले आयोजना गर्ने दाबी गरे पनि साउथ एसियन फुटबल फेडेरेसनले तत्काल अनुमति दिएको छैन । साफ महिला च्याम्पियनसिप फुटबलको खेल तालिका केही दिनमा फेडेरेसनले सार्वजनिक गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार