महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले गर्यो एक जनालाई पक्राउ

  पहिलोपेज

 221 पटक हेरिएको


विराटनगर र मोरङको सुन्दर हरैचा ११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका १ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे थरकी युवतीलाई अपहरण गरी मोरङको बवियाविर्ता पुर्याएर बन्धक बनाएर राखेको आरोप छ ।

ती महिला पोखरेलसँग सार्वजनिक बसमा चढेर गएकी थिइन् ।

इटहरीमा केही समयको बसाईपछि पोखरेलले युवतीलाई रिजर्ब गरेको भेनमा राखेर बबियाविर्तासम्म पुर्याएको खबर आएपछि प्रहरीले महिलालाई उद्दार गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धिमान चौलागाइले जानकारी दिए । ‘खनारबाट सँगै आएर इटहरीमा केही समय बसेर गाडी रिर्जब गरेर बबियाविर्ता पूर्याएको देखिन्छ,’ उनले भने, ‘बबियाविर्तामा पुगेपछि बन्धक थाहा पाएपछि महिलाले साथीलाई खबर गरेको देखिन्छ ।’

प्रारम्भिक अनुसन्धानका पोखरेल र ती महिला बीच पुरानै चिनजान रहेको खुलेको छ । पहिलदेखि नै सामान्य चिनजान भएका पोखरेल महिला बीच लेनदेनको बिवाव भएको हुन सक्ने बताइएको छ ।

प्रारम्भिक बयानका क्रममा पोखरेलले पनि लेनदेनकै बिववाद भएको बताएका थिए ।

प्रहरी निरीक्षक चौलागाईले बुधवार बबियाविर्ताबाट अपहरणमा परेकी महिलाको उद्दार गरी पोखरेललाई पक्राउ गरेको जानकारी दिए । अनुमति बिना बन्दक बनाइ लगेका कारण अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार