वेश्यावृतिबाट कर उठाउनेमा केन्द्रीय सरकारको के दृष्टिकोण छ ? : नेकपा सांसद

  पहिलोपेज

 232 पटक हेरिएको


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यौनकर्मीबाट कर उठाउने विषयमा सरकारको धारणा माग गरेका छन् ।

संसद बैठकमा खतिवडाले ‘मुख्यमन्त्रीले राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएको’ भन्दै व्यंग्य गरे ।

गत भदौ २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका थिए । उनले यौनकर्मीलाई परिचय पत्रको व्यवस्था गर्नु आवश्यक रहेको बताएका थिए ।

सांसद खतिवडाले भने त्यसलाई वेश्यावृति शब्द प्रयोग गरे । ‘वेश्यावृतिलाई वैधानिकता दिएर त्यसबाट कर उठाएर प्रदेश चलाउनुपर्छ भन्नेसम्मको सोच विकास भएछ’, खतिवडाले भने, ‘यसमा केन्द्रीय सरकारको दृष्टिकोण जान्न चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार