पेरिसमा आइफिल टावर बाहेक धेरै कुरा छ : फोटोग्राफर

  पहिलोपेज

 288 पटक हेरिएको


प्रागका डेभिड टेसिन्की एक स्वतन्त्र पत्रकार हुन् जो सोसल डकुमेन्ट्रीका लागि फोटो खिच्छन् । उनले आइफिल टावर, फेन्सी पसल र रोमान्सका लागि परिचित पेरिसको भिन्न पाटोलाई आफ्नो क्यामरामा कैद गरेका छन् ।

मेट्रो डट को डट युकेसँगको कुराकानीमा उनले भने, ‘म पहिले पनि पेरिस गएको थिएँ र त्यहाँ जे देखेँ त्यो मेरो लागि भिन्न कुरा थियो । यहाँको समस्या अरु शहरभन्दा ठूलो भन्न खोजेको होइन तर मलाई त्यहाँको माहौलले निकै आघात पुर्यायो ।’

‘म उनीहरुसँग केही समयका लागि मात्रै भएपनि साथी भएँ,’ उनले भने ।

‘यीमध्ये केही तस्बिर उनीहरुसँगको कुराकानी अघि नै खिचिएका हुन् र यीमध्ये एक व्यक्ति त्यति खुसी भएनन् । ती व्यक्ति म भएठाउँ आए र मेरो हेडफोन फ्याँकिदिए । तर त्यो मात्र एउटा अप्रिय घटना रह्यो । उक्त घटना पछि पनि मैले फोटो खिच्न छोडिनँ ।’

फोटोसुटका लागि भावुक हुनुभयो भन्ने प्रश्नमा उनले भने, ‘भावनाबिना फोटो खिच्न निकै गाह्रो हुन्छ । तर यो विषयका लागि म खोक्रो सहानुभूती दिन चाहन्नँ ।’

बच्चासहित एक महिलालाई बस स्टप नजिकै नाजुक हालतमा देख्दा उनी चकित परेको बताउँछन् । ‘लण्डनमा मैले धेरै मानिसहरुलाई अण्डरग्राउन्ड र बाटोमा देखेँ तर पेरिसमा भने जताततै थिए । साना बच्चाहरुलाई पनि यस्तो अवस्थामा देख्दा निकै दुःख लाग्यो, ’ उनले भने ।

‘हामी पेरिस भन्ने बित्तिकै आइफिल टावर, डेटिङ स्पट र फेन्सी पसल सम्झन्छौं तर त्यहाँ तीबाहेक धेरै कुरा छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार