भारतको सर्वाधिक महँगो सिनेमा मानिएको २.० को टिजर रिलिज

  पहिलोपेज

 328 पटक हेरिएको


भारतको सर्वाधिक महँगो सिनेमा मानिएको २.० को टिजर रिलिज भएको छ ।

शंकर निर्देशित फिल्ममा दक्षिण भारतिय फिल्मका सुपरस्टार रजनीकान्त र अक्षयकुमारको मूख्य भूमिका रहेको छ ।

फिल्म २०१० मा रिलिज भएको रोबर्ट सिनेमाको सिक्वल हो ।

सार्वजनिक टिजरले फिल्म हलिउड स्तरमा बनेको देखाएको छ । दर्शकका लागि फिल्म निक्कै प्रतिक्षित मानिएको छ । करिब ५५० करोड भारूमा निर्माण भएको सिनेमाले भारतिय वक्सअफिसमा कीर्तिमानी कमाइ गर्ने अनुमान गरिएको छ । सिनेमाको टिजर स्थानिय भारतिय समय अनुसार ९ बजे रिलिज गरिएको थियो ।

फिल्म टिजरलाई तिन घण्टाको अविधिमा ६ लाख १४ हजार पटक भन्दा बढि हेरिएको छ । २९ नोभेम्बरलाई रिलिज मिति तोकेको सिनेमा हिन्दी, तमिल तथा तेलेगुमा गरी एकसाथ ३ भाषामा रिलिज हुनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार