२५ वर्षपछि जीतको इतिहास रच्ने नेपालको सपना अधुरो

  पहिलोपेज

 286 पटक हेरिएको


काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ । ३–० गोल अन्तरले नेपाल पराजित भएको हो ।

नेपालविरुद्ध माल्दिभ्सका इब्राहिम वाहिदले २ गोल गरेका थिए । उनले ८३ र ८४ औं मिनेटमा लगातार गोल गरेका थिए । पहिलो गोल अक्रम अब्दुल घानीले खेल शुरु भएको आठ मिनेटमै गरेका थिए ।

त्यसपछि माल्दिभ्सले नेपाललाई दबाबमा पारेको थियो । घानीले नेपालविरुद्ध फ्रि किकबाट गोल गरेका थिए । खेलकै क्रममा भारी वर्षा भएपछि २७ औं मिनेटमा खेल केहिबेरका लागि रोकिएको थियो ।

२५ वर्षपछि जीतको इतिहास रच्ने नेपालको सपना अधुरो रहेको छ । यसअघि चार पटकसम्म सेमिफाइनलबाटै घर फर्केको नेपाल यसपटक पनि सोही नतिजालाई दोहोर्याउँदै घर फर्किन बाध्य भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार