संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातमा हतकडी हो ?

  पहिलोपेज

 756 पटक हेरिएको

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खोजतलास डटकमका प्रधान सम्पादक राजु बस्नेत पक्राउको विरोध गर्दै तत्काल रिहा गर्न माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी कांग्रेसले प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गरेर सरकार अधिनायकवाद उन्मुख भएको आरोप लगाएको छ ।

‘प्रकाशित कुनै समाचार या साभार गरिएको विषयवस्तुप्रति व्यक्ति, संस्था वा राज्य कसैको पनि विमति हुँदा त्यसलाई खण्डन गर्ने गराउने निश्चित विधि प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर केही समययता राज्यसंयन्त्र नै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको होइन ‘अधिनायकवाद उन्मुख’ प्रवृत्तिको श्रृङ्खलालाई पुष्टि गर्दै गएको छ ।’

पत्रकार राजु वस्नेत पक्राउको विषयलाई गम्भीर रुपमा लिएको भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा राजयले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने विज्ञप्तिमा बताएका छन् । ‘संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातमा हतकडी हो ?’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले मुलुकी संहितामा रहेका प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रक्रिया सुरु गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार