घुस लिँदै गर्दा पक्राउमा परे प्रहरी नायव निरीक्षक

  पहिलोपेज

 233 पटक हेरिएको


बर्दिवास महोत्तरीमा घुस लिँदालिँदै प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रामगोपालपूरका प्रहरी नायव निरीक्षक रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बुधबार दिउँसो ५ हजार रुपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको हो ।

भारतबाट भन्सार छलेर सामान ल्याउन बोर्डर मिलाइ दिन्छु भन्दै व्यपारीबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । घुससहित पक्राउ परेका यादवको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार