बुवाको मुख हेर्ने दिन, कुशे औंसीको दिनमा कस्तो छ तपाईंको राशिफल ?

  पहिलोपेज

 919 पटक हेरिएको

२४ भाद्र २०७५, आइतवार औंसी , कुशे औंसी / बुबाको मुख हेर्ने दिन ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण हुनेछ । बिछोडिएका साथीभाइसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्यखालको छ । सरकारी निकायको भय रहला । अनावश्यक कामको झन्झटमा फसिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनतात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा विशेष लाभ मिल्ला । दिदीबहिनीको सहयोगले नया“ कामको शुभारम्भ होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुची बढ्नेछ । वैदेशिक यात्राको अवसर प्राप्त होला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायी यात्रामा सरिक भइएला । प्रेमसम्बन्ध विस्तार हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको देखिन्छ । धन आर्जनका नया“ स्रोतहरु फेला पर्नेछन् । अतिथि सेवासत्कार गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा सामाजिक कार्यमा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । नया“ तथा रमणीय स्थानको भ्रमण होला । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । आरम्भ गरेका काममा बाधा आइपर्न सक्ला । अर्काकै भरमा कुनै पनि काम नछोड्नु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा रुची बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुसीयाली छाउला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार