अध्यक्ष प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता, के होला कुरा ?

  पहिलोपेज

 414 पटक हेरिएको

काठमाडौं, २३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ । भेटवार्ताका क्रममा दुई देशको आपसी हितका विषयमा छलफल हुने बताइएको छ ।

अध्यक्ष प्रचण्डले हिजो भारतका गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्ने छलफल भएको थियो । भेटमा अध्यक्षले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएका थिए ।

अध्यक्ष प्रचण्डले हिजै भारतका राष्ट्रिय सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गरेका थिए । भेटमा उनीसँग पनि दुईपक्षीय सम्बन्धका बिषयमा छलफल भएको बताइएको छ । पछिल्लो समय दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकतालाई अझै सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिकाअनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।

त्यस्तै, अध्यक्ष प्रचण्डले हिजै भारतस्थित प्रवासी नेपालीसँग छलफल गरेका थिए । प्रवासी नेपालीहरुले सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेका लुटपाटका घटनाका सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए । गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना घट्न नदिने विश्वास पनि दिलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार