आजको राशिफल : के छ तपाईंको भाग्यमा ? एकपटक हेर्नुहोस्

  पहिलोपेज

 835 पटक हेरिएको

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २३ गते शनिबार, ८ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि २५ः४७ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र आश्लेषा ९ः५९ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कार्य सिद्धि हुने योग छ । मनमा हर्ष र उम· छाउला । छोटो दूरीको लाभदायी यात्रामा सरिक हुने अवसर प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । धार्मिक यात्राको सुवर्ण अवसर प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
मुद्दा–मामिलामा तपाईको विजय होला । नया“ कामको शुभारम्भ हुनेछ । राजनैतिक क्ष्ँेत्रमा तपाईको विशेष स्थान रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । सानो काममा ठूलै धनराशि खर्च होला । आफ्नोभन्दा अरुको काममा बढी समय खर्च होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शरीर कमजोर भएको अनुभूति हुनेछ । महत्वपूर्ण काममा बाधा व्यवधान आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दूरीको लाभदायी यात्रामा सरिक भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धातु तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । नया“ कार्य व्यवसायको शुभारम्भ होला । शुभसमाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वस्त्र तथा धातुसम्बन्धी काममा रुचि बढ्नेछ । मातृपक्ष्ँको विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शरीर आलश्य बन्नेछ । गरिराखेको कार्य व्यवसायमा बाधा आइपर्न सक्ला । विश्वास पात्रबाट धोका होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्रा गर्ने अवसर मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग प्राप्त भइरहला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार