राशिफलमा तपाईंको आजको भाग्य कस्तो छ ?

  पहिलोपेज

 225 पटक हेरिएको

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २२ गते शुक्रबार, ७ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको द्वादशी तिथि ६ः३४ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र तिष्य ११ः९८ बजेसम्म, उप्रान्त आश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय सामान्यखालको छ । सामान हराउने भय हुनेछ । राम्रो बोल्दा पनि नराम्रँे हुनसक्छ । संयमिमता अपनाउनु होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । गरिराखेको काममा बिघ्न बाधा आइपर्न सक्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमाभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनमा हर्ष र उम· छाउला । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न हुने अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । बोलीको भरमा कार्य सम्पादन हुनेछ । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । महिला मित्रको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमणीय स्थानको भ्रमण हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण खरिद हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । माया–प्रेमको सम्बन्ध विस्तार होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार