मालिकाको “हल्का माया”लाई १० लाख, “सर सर हावा बहन्छ” उकालोमा

  पहिलोपेज

 2334 पटक हेरिएको

काठमाडौं, २० भदौ । यो समयकी अत्यन्तै लोकप्रिय र चर्चाको चुलीमा रहेकी नायिका रेखा थापा निर्देशित चलचित्र “मालिका” तिहारको छेकोमा रिलिज हुँदैछ । तिहारको छेकोमा रिलिज हुने चलचित्र मालिकाका दुई गीत भने अहिल्यै हिट भइसकेका छन् ।

शुरुमा सार्वजनिक गरिएको मालिकाको “हल्का माया के माया” बोलको गीतले अहिले युट्युवमा १० लाखभन्दा बढी भ्युज पाइसकेको छ । यो गीत म्युजिकल्लीमा पनि उत्तिकै भाइरल बनिरहेको छ । र, दर्शक/स्रोताबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ ।

“हल्का माया के माया” बोलको गीतमा शव्द नरबहादुर कार्कीको रहेको छ । यो गीतलाई सुरेश अधिकारीले सङ्गीत दिएका छन् भने लोकप्रिय गायिका अञ्जु पन्तको कर्णप्रिय स्वरले सजिएको छ । अभिनेत्री रेखा थापाको नृत्य रहेको “हल्का माया के माया” गीतमा झण्डै १ सय बढी कोरस नृत्य छ । चलचित्रको पटकथा शिवम अधिकारीले लेखेका छन् भने कथा र कन्सेप्ट रेखा थापा र नरबहादुर कार्कीको रहेको छ । चलचित्र “मालिका”मा रेखाको साथमा जाजरकोटकी कमला वलीको मुख्य भूमिका रहेको छ । लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउने चलचित्र “मालिका”मा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

हल्का माया के मायाको भिडियो हेर्नुहोस्

त्यस्तै, मालिकाकै दोस्रो “सर सर हावा बहन्छ कता हो” बोलको गीत पनि युट्युव भ्युजको दृष्टिले उकालो चढिरहेको छ । यसले पनि अहिलेसम्म २ लाख बढी भ्युज पाइसकेको छ । अर्की चर्चित कलाकार आस्था रावतको ओजपूर्ण स्वरले सजिएको यो गीतको शव्द र सङ्गीत सुरेश अधिकारीकै छ । नायिका रेखा थापा र यही चलचित्रमा डेब्यु गरेकी जाजरकोटकी कमला वलीको अभिनय यो गीतमा देखिन्छ ।

मुलुकका सबै छोरीहरुलाई निडर, आत्मनिर्भर र स्वाभिमानी बनाउने मूल ध्येय बोकेको यो चलचित्रका गीत र त्यसका दृश्यहरुले पनि त्यही नै बोलिरहेका छन् । नारी सशक्तीकरणमा समर्पित मालिकाको समाज रुपान्तरणकारी भूमिका रहने प्रष्टै देखिन्छ ।

 

“सर सर हावा बहन्छ कता” गीतको भिडियो हेर्नुहोस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार