थाहा छ ? शरीरलाई निरोगी र तन्दुरुस्त राख्ने औषधि तपाईंभित्रै छ

एउटा प्रचलित प्रश्न छ, भोक मिठो कि भोजन ? जवाफ आउँछ, भोक ।

अर्को यस्तै प्रश्न आउँछ, निद्रा मिठो कि, ओछ्यान ?

जवाफ आउँछ, निद्रा ।

अब यी सबै कुरालाई जोडौं । निद्रा कुन बेला गहिरो लाग्छ ? भोक कुन बेला स्वादिलो लाग्छ ? जवाफ सहजै छ कि जब हाम्रो शरीर तन्दुरुस्त, स्वस्थ, निरोगी, तगडा हुन्छ । निश्चय पनि, कुनैपनि कुराबाट हामीलाई त्यहीबेला बढी सन्तुष्टि मिल्छ, जब हाम्रो शरीर ठिकठाक छ । जब शरीर नै ठिक छैन भने जतिसुकै मिठो खानेकुरा पनि रुच्दैन, जतिसुकै राम्रो ठाउँमा पनि मन बहलाउँदैन । यसको अर्थ के भने, हामीले यावत सुख–सयल भोग गर्नका लागि शरीर स्वस्थ्य हुनुपर्छ ।

 

शरीर कसरी स्वस्थ हुन्छ ?

यसका लागि हामीसँग रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउने धेरै काइदा छन् । त्यसमध्ये एक सरल काइदा हो, खुशी ।

 

खुसीको खुबी

बाहिरी र आन्तरिक दुबै तरिकाबाट खुसी हुँदा लामो समयसम्म स्वस्थ रहन सकिन्छ । राम्रो जीवन जिउनको लागि खुसी रहनु एकदमै जरुरी हुन्छ । हाम्रो शरीरमा रोगसँग लड्नसक्ने क्षमता कम भयो भने विभिन्न किसिमको रोग लाग्छ ।

त्यसैले इम्युन सिस्टमको बुस्ट गर्नको लागि खुशी हुनु एकदमै जरुरी हुन्छ । हाम्रो वरपर धेरै चिजहरु हुन्छ, जसले हाम्रो खुशी र तनाव नियन्त्रण गर्छ । जसअनुसार हाम्रो शरीरले प्रतिकिया दिन्छ । स्वस्थ र खुशी रहनको लागि भावनात्मक रुपमा पनि स्वस्थ रहन एकदमै जरुरी हुन्छ । मानसिक स्वास्थ्य ठिक नभएमा पनि शरीरमा नकारात्मक असर गर्छ । त्यसैले हाम्रो जीवनमा भइरहेको कुराहरुको ध्यान राख्नु आवश्यक हुन्छ ।

१. सकारात्मक सोचले स्वास्थ्यमा पार्ने प्रभाव
जीवनमा सकारात्मक सोचको अत्यन्तै जरुरी हुन्छ । नकारात्मक चीज आसपास हुँदा आफू पनि नकारात्मक हुन थालिन्छ । त्यसैले आसपासको वातावरण सकारात्मक राख्ने कोशिश गर्नु पर्छ । जसले गर्दा शरीर स्वस्थ र खुशी रहन सहयोग मिल्छ ।

२. खुशी रहँदा इम्युन सिस्टमको बुस्ट हुन्छ
खुशी हुँदा शरीरलाई ऊर्जा मिल्छ । त्यसैले इम्युन सिस्टम राम्रो बनाउन खुशी हुनु एकदमै जरुरी हुन्छ ।

३. धेरै हाँस्नु
धेरै खुलेर हाँस्दा तनाव कम हुनुका साथै शरीरमा इम्युन बुस्ट हुन्छ । हाँस्दा शरीरमा ब्लड सर्कुलेसन राम्रोसँग हुन्छ । जसले शरीरमा तनाव उत्पन्न गर्ने हर्मोनको उत्पादन कम हुन्छ ।

४. एक्सरसाइज
धेरैजसोलाई एक्सरसाइज गर्न मन लाग्दैन । तर एक्सरसाइज गर्दा हाम्रो शरीरले एन्डोफिर्न नामको हर्मोन उत्पादन गर्छ । जसले हाम्रो मुड राम्रो हुन्छ । तनाव र चिन्ता कम हुन्छ । इम्युन सिस्टमको बुस्ट गर्नको लागि स्वीमिङ, साइकलिङ , स्किपिङ गर्दा राम्रो हुन्छ ।

५. निन्द्रा
सुत्दा दिमाग शान्त हुन्छ । राम्रोसगं निदाउँदा शरीरलाई आराम मिल्नुका साथै दिनभरको थकान बिर्सेर तनावमुक्त भइन्छ । त्यसैले इम्युन सिस्टम राम्रो बनाउन पर्याप्त निदाउन आवश्यक हुन्छ ।

६. डान्स
नियमित डान्स गर्नाले शारीरिकरुपमा स्वस्थ भइन्छ । साथै हाम्रो शरीरको इम्युन सिस्टम बलियो हुन्छ । डान्स गर्दा हाम्रो शरीरलाई खुशी महसुस हुन्छ साथै शरीरमा क्यालोरी कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार