आजको राशिफल : हेर्नुहोस् तपाईंको भाग्यमा के छ ?

  पहिलोपेज

 536 पटक हेरिएको

श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २० गते बुधबार, ५ सेप्टेम्बर २०१८ । भाद्र कृष्णपक्षको दशमी तिथि ११ः२२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र आद्र्रा १४ः५५ बजेसम्म उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४४ र सूर्यास्त ६ः१९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । शरीर आलश्य बन्नेछ । अशुभ सामाचारले मन खिन्न रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्र मिलनको योग छ । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
धातु तथा वाहन खरिद हुनेछ । महिला दिदीबहिनीको विशेष सहयोग प्राप्त होला । रमाइलो वातावरणमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा तत्जन्य कार्य–व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन बित्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आफन्तको सहयोग प्राप्त भइरहला । लाभदायी यात्राको सुवर्ण अवसर मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धातु तथा जग्गा जमिनको कार्य–व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि खर्च होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण हुनेछ । रमाइलो वातावरणमा दिन बित्ला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार