पत्रकार महासंघ र प्रेस काउन्सिलको पहलमा पत्रकारद्वय रिहा

  पहिलोपेज

 566 पटक हेरिएको

काठमाडौं, १९ भदौ । न्यूज कारोबार डटकमका समाचार सम्पादक नवराज कुँवर र पत्रकार रोयल आचार्यलाई नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको पहलमा रिहा गरिएको छ । अनलाइन र सामाजिक सञ्जालमा समाचार संप्रेषण गरेको विषयमा उनलाई कार्यकक्षबाटै आज प्रहरीले गिरफ्तार गरेको थियो ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ति जारी गरी समाचार लेखेको विषयमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, “उदयपुरका पत्रकार कुँवरले पछिल्लो समय उदयपुरको बेलका नगरपालिकामा भएको अनियमितता र केही गलत कार्यलाई अनलाइन र सामाजिक सञ्जालमार्फत् उठाउँदै आएका थिए । सोही विषयलाई लिएर पत्रकार कुँवरलाई आज प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेको हो ।”

“समाचार लेखेको वा सामाजिक सञ्जालमा उठान गरेका विषयप्रति आपत्ति रहे त्यसको कानुनी उपचारका अन्य मार्ग हुँदाहुँदै प्रहरीले कार्यकक्षबाटै पत्रकारलाई पक्राउ गरिएको यो घटना संविधानविपरीत हुनुका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो”, महासचिव विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासंघले प्रहरीद्वारा प्रेसमाथि गरेको यो ज्यादतीको कडा भत्र्सना गर्दै प्रेसलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको वातावरण बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार