राप्रपाको आदिवासी तथा जनजाति विभाग र कर्णाली प्रदेश समितिले पाए पूर्णता

  पहिलोपेज

 450 पटक हेरिएको

काठमाडौं, १९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका आदिवासी तथा जनजाति विभाग र कर्णाली प्रदेश समितिले पूर्णता पाएका छन् । पार्टीको विधानअनुसार अध्यक्ष कमल थापाले विभाग प्रमुख लालध्वज लामा र कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाको सिफारिसमा मनोनीत गरी विभाग र प्रदेश समितिलाई पूर्णता दिएका हुन् ।

पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिका अनुसार आदिवासी तथा जनजाति विभागका प्रमुख लालध्वज लामाको सिफारिस अनुसार बिभागको सदस्य सचिवमा सन्तलाल मेचे (झापा)लाई मनोनीत गरिएको छ । सदस्यहरुमा द्रोणबहादुर गुरुङ (स्याङ्जा), रीता माझी (रामेछाप), सरस्वती लामा ह्याल्मो (धादिङ), शालिग्राम माझी (सिन्धुली), टुलबहादुर खाडा मगर (सुर्खेत), नयनबहादुर मोक्तान (सिरहा), अशोक सुब्बा (झापा), ध्रुवबहादुर गुरुङ (कास्की), छुमरु सरदार थारु (मोरङ), मित्रबहादुर घर्ती (कैलाली), नुरज बज्राचार्य (काठमाडौं) र अम्बर तामाङ (नुवाकोट) लाई मनोनयन गरिएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाको सिफारिस अनुसार कर्णाली प्रदेशको उपाध्यक्षमा सूर्यबहादुर खत्री (सुर्खेत) र, सचिवमा जनकसिंह ठकुरी (सुर्खेत)लाई मनोनीत गरिएको छ । अध्यक्ष थापाले सदस्यहरुमा भीमबहादुर खड्का (सुर्खेत), पद्मबहादुर मल्ल (मुगु), भवानीप्रसाद न्यौपाने (जुम्ला), छापे ऐडी (हुम्ला), नरेन्द्रजंग शाह (रुकुम पश्चिम), देवीप्रसाद शर्मा (जाजरकोट), दलबहादुर सुनार (जुम्ला), अंगद देवकोटा (जुम्ला), रत्नलाल भण्डारी (सल्यान), बालाराम शर्मा (सल्यान), शिला बुढाथोकी (सल्यान), तेजबहादुर शाही (कालिकोट), कृष्णप्रसाद पाण्डे (कालीकोट), खड्गबहादुर चन्द (दैलेख), महालक्ष्मी शाही (दैलेख), अन्जु बस्याल (सुर्खेत), सन्तोषी शाही (सुर्खेत), अमृत राना मगर (सुर्खेत) र भुवन सिंह रामजाली (सुर्खेत) लाई मनोनयन गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार