तुलसीपुर उपमहानगरपालिकामा अखिल (छैठौं)को भेला

  पहिलोपेज

 467 पटक हेरिएको

दाङ, १८ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)को तुलसीपुर उपमहानगरपालिकाको भेला सम्पन्न भएको छ । भेलाले राजकुमार विकको अध्यक्षतामा ११ सदस्यीय उपमहानगरस्तरीय समिति चयन गरेको छ ।

भेलामा युनियनका पूर्व केन्द्रीय सचिव तथा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले प्रशिक्षण दिएका थिए । भेलाले राजकुमार बिकको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्ष राजकुमारी चौधरी, सचिव प्रतिज्ञा भण्डारी, सहसचिव सुमन भण्डारी, कोषाध्यक्ष पुष्पा भण्डारी रहेका छन् । समितिका सदस्यहरुमा अमृत अधिकारी, बिक्रम घर्ती, शान्ता बिक, हिमलाल पन्थी र विकास नेपाली रहेका छन् । एक सदस्य पछि थप गरिने बताइएको छ । भेलापछि बसेको बैठकले सदस्यता बितरण गर्ने र यही भदौ ३० गते १ दिने प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार