चिकित्सकहरुलाई वार्तामा आउनका लागि स्वास्थ्यमन्त्रीबाट आयो फोन

  पहिलोपेज

 363 पटक हेरिएको

काठमाडौं । भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिता (ऐन) प्रति असहमति जनाउँदै आन्दोलनरत चिकित्सकलाई सरकारले वार्तामा बोलाएको हो ।

चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई पाँच वर्ष कारागारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था संशोधन हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघलाई स्वास्थ्य मन्त्रालयले सोमबार वार्तामा आउन आग्रह गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले स्वास्थ्यमन्त्रीबाट आफूलाई वार्तामा आउनका लागि फोन आएको जानकारी दिएका छन् । ‘स्वास्थ्य मन्त्री ज्यूबाट फोन आएको छ, वार्ता हो कि के हो गएपछि थाहा हुन्छ,’ श्रेष्ठले भने, ‘अब हामी स्वास्थ्य मन्त्रालय जाँदैछौं ।’

नयाँ कानूनले चिकित्सकहरुलाई अपराधी करार गर्न खोजेको र यस्तो जोखिम मोलेर कोही पनि चिकित्सकहरुले आफ्नो काम गर्न नसक्ने संघको भनाई रहँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार