साँस्कृतिक पर्वहरु सबै नेपालीको एकताका सूत्र : प्रम ओली

  पहिलोपेज

 438 पटक हेरिएको

काठमाडौ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न साँस्कृतिक पर्वहरुले नेपालीहरुलाई एकतावद्ध गराउने काम गरेको बताएका छन् । गौरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको जातीय र साँस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैं परास्त गरेको स्मरण पनि गरेका छन् । प्रधानमन्त्री ओलीले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व भएको पनि बताएका छन् । प्रधानमन्त्री ओलीले बिशेषगरी कर्णाली र ७ नं प्रदेशमा मनाइने यस पर्वले नेपालको साँस्कृतिक एकतालाई थप मजवुत बनाएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन्, “नेपालका विभिन्न भाषा, संस्कृति, भेषभुषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार