मावि सेन्टर तुलसीपुरमा आईटी

  नारायण भण्डारी

 467 पटक हेरिएको

तुलसीपुर,
माध्यामिक बिद्यालय सेन्टर तुलसीपुरले यसैबर्ष देखि सूचना प्रविधी (आइटी) सम्बन्धी पढाई सञ्चालन गर्ने भएको छ । विद्यालयले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी डिप्लोमा इन आइटी कक्षा सञ्चालका लागि सिटिभिटी बाट स्विकृति लिइसकेकको जानकारी गराएको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले यस बर्ष देखि सञ्चालन हुन थालेको आइटी कक्षामा एसइइ उत्तिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने जानकारी गराए । उनले एसइइमा गणित र विज्ञानमा सी तथा अङ्ग्रेजीमा डी प्लस ल्याएका विद्यार्थीले यो बिषय अध्ययन गर्न पाउने बताए ।

न्युन आय श्रोत हुने विद्यार्थीहरुले पनि अध्ययन गर्न सक्नेगरी तीन व्यवस्था मिलाइएको पौडेलले बताए । ‘तीन बर्षको कोर्ष हो, दुई लाख रुपैयाँमा अध्ययन पूरा गर्न सकिन्छ, भर्ना गर्ने समयमा २५ हजार र बाँकी रकम ६ सेमेस्टर अध्ययन गर्दा सम्म भुक्तानी गरेर अध्ययन गर्ने व्यवस्था मिलाएका छौं’ पौडेलले भने ।

दुई लाख शैक्षिक शुल्कबाट प्रत्यक विद्यार्थीलाई एकरएक वटा ल्याप्टप, प्रयोगात्मक कक्षा सहित शिक्षण गराइने विद्यालयले जनाएको छ । खेल मैदान भएको, कम्प्युटर ल्याव, विज्ञानको र इलेक्ट्रिकल बिषयको छुट्छुट्टै ल्याव, अभिभावकले घरबाटै मोवाइल एप्सको प्रयोग गरी बालबालिका र शिक्षकको गतिबिधी हेर्न सक्ने ब्यवस्था मिलाइएको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।

यस्तै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई तुलसीपुर उपमहानगरपालिका संग समन्वय गरेर अभ्यास शिक्षण गराइने जनाएको छ । पछिल्लो समय सूचना प्रविधिको विकास संगै जनशक्ति अभाव भएको अवस्थालाई मध्यनजर गरी विद्यालयमा आइटी कक्षा सञ्चालन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए ।

सिटीभिटीको परिक्षा उत्तिर्ण गरेका विद्यार्थी सिधै भर्ना हुन सक्ने र अन्य विद्यार्थीले यही भदौ २० गते सम्म आवेदन फर्म भर्न सक्ने विद्यालयका शिक्षक धर्म पौडेलले जानकारी दिए । सो विद्यालयले यसअघि इलेक्ट्रिकल इन्जिनियरिङको कक्षा सञ्चालन गर्दै आएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेललको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भाष्करराज गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन लगायतले सामुदायीक विद्यालयले पनि प्राविधिक विषय अध्ययन गराउन नमुना भएको बताएका थिए । कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भोलाराम पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार