बसुन्धरास्थित एक होटलमा युवती मृत अवस्थामा फेला

  पहिलोपेज

 328 पटक हेरिएको

काठमाडौं । काठमाडौंको बसुन्धरास्थित एक होटलमा युवतीको शव मृत अवस्थामा फेला परेको छ । धादिङ घर भएकी २० वर्षीया लक्ष्मी परियारको शव फेला पारेको प्रहरीले जनाएको छ ।

होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि कोठा खोलेर हेर्दा शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए ।

स्पिड गेष्ट होटल कोठा नम्बर १०१ मा युवतीको शव फेला परेको हो । लक्ष्मी र एक युवक केही दिनदेखि होटलमा सँगै बस्दै आएका थिए । श्रीमान् श्रीमती भन्दै कोठा लिएर बसेको होटल सञ्चालकले प्रहरीलाई जानकारी दिएका हुन् ।

एसपी जोशीले भने, घटनाकोबारे थप अनुसन्धान भइरहेको छ । होटलमा सँगै बस्न आएका युवकको खोजी गरिरहेका छौं । केही दिनदेखि कोठामा बन्द भएपछि शंका लागेर सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार