एभरेष्ट बैंक भित्रबाटै लुटियो रकम

  पहिलोपेज

 351 पटक हेरिएको

बुटवल । आइतबार बिहान बुटवलस्थित एभरेष्ट बैंक भित्रैबाट रकम लुटिएको छ । विपी चेकमा रहेको बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको बिहान १० बजेर ५ मिनेट जाँदा २ लाख २३ हजार रुपैयाँ रकम लुटिएको हो ।

ज्ञवालीको नेपागञ्ज रोडमा दुर्गा प्लास्टिक हाउस रहेको छ ।

तीन जनाले बैंक भित्रबाटै रकम लुटेको बैंकको सिसिटीभी क्यामेरामा कैद भएको छ ।

लुटेराबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार