एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले फराकिलो अन्तरमा हराउनुपर्ने

  पहिलोपेज

 318 पटक हेरिएको

काठमाडौं । मलेसियामा जारी एसिया कप छनोट अन्तर्गत सिंगापुरविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले लगातार तीन विकेट गुमाएको छ । १५५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालका लागि ओपनरद्वय अनिलकुमार साह र सुबास खकुरेल तथा कप्तान पारस खड्कालाई सस्तैमा गुमाएको हो ।

नेपालले पहिलो विकेटका रूपमा ४३ रन बनाएर खेलिरहेका अनिललाई गुमाएको थियो । अलिलले ३२ बल खेल्दै २ छक्का र ४ चौकाको सहयोगले ४३ रन बनाएका थिए । त्यसपछि आएका कप्तान पारस खड्का ११ रनको व्यक्तिगत स्कोरमा आउट भए । नेपालले तेस्रो विकेटको रुपमा सुवास खकुरेललाई १४ रनमा गुमाएको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि सन्दिप लामिछाने र ललित नारायण राजबंशीले समान ३।३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए ।

बसन्त रेग्मीले १ विकेट लिए भने सिंगापुरका एक खेलाडी रन आउट भएका थिए ।

एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले कुनै पनि हालतमा सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ । यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग हार ब्यहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो ।

प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरको फाइनल यात्रा टुंगिएको छ । यद्यपी नेपालको जितसँगै अन्य टिमको खेलले पनि नेपाललाई प्रभावित पार्ने हुन्छ । आजै भएको अर्को खेलमा युएईले घरेलु टोली मलेसियालाई ९२ रनमा समेटेर ८ विकेटको फराकिलो जित निकालेको छ । योसँगै युएई अंक तालिकामा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार