२१ जना भारतीय पर्यटक लिएर आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा

  पहिलोपेज

 410 पटक हेरिएको


काठमाडौं । यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौं आएको जहाज दुर्घटनामा परेको हो ।

‘नेपालगञ्जबाट चालक दलसहित २१ जना भारतीय पर्यटक लिएर आएको जहाज दुर्घटनामा परेको छ,’ यति एयरलाइन्सका बजार प्रमुख भीम राईले भने, ‘अत्याधिक वर्षाको कारण जहाज चिप्लिएर दुर्घटनामा परेको हुनसक्छ ।’

उनका अनुसार अवतरणको क्रममा जहाज रनवेबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाजमा सवार यात्रु सबै सकुशल रहेका उनले जानकारी दिए ।

विमान दुर्घटना लगत्तै अहिले विमानस्थल बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार