गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्यसहित अगाडि बढ्यो सरकार

  पहिलोपेज

 381 पटक हेरिएको

बेनी । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले समृद्धि र विकासको यात्रामा प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।

प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, धार्मिक तथा ऐतिहासिक स्थल र कला संस्कृतिले भरिपूर्ण गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्यसहित सरकार अगाडि बढेको उनको भनाइ छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घको २५ औँ वार्षिक साधारणसभाको आज बेनीमा उद्घाटन गर्दै मन्त्री लम्सालले सरकारले जनताको सुविधा र प्रदेशको समृद्धिका लागि खाका कोर्ने काम गरिसकेको र नीति निर्माणको तयारीमा जुटेको बताए ।

उनले पर्यटन, जलस्रोत, कृषि, वनपैदावरलगायतको क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न र उद्योगमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार