निर्वाचित भए लगतै चर्चा कमाएका पाकिस्तानका प्रधानमन्त्रीको किन भयो आलोचना ?

  पहिलोपेज

 374 पटक हेरिएको


१६ भदौ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ । खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् ।

प्रधानमन्त्री भए लगतै खानले प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौती गर्नुका साथै विलासी गाडीहरु बेच्ने घोषणा गरेका थिए । यसको धेरैले प्रशंसा पनि गरे ।

तर १५ किलोमिटरको दुरीमा पनि हेलिकोप्टर प्रयोग गरेपछि खानकै आलोचना भएको छ । धेरैले प्रधानमन्त्रीको कार्यालय जाने शैलीलाई भीभीआईपी भनेका छन् । सामाजिक सञ्जालमा पनि उनको मजाक उडाइएका छन् ।

तर पाकिस्तानका सूचनामन्त्री फवाद चौधरीले प्रधानमन्त्री खानको बचाउ गरेका छन् । हेलिकोप्टरमा यात्रा गर्नु निकै सस्तो भएको उनको दाबी छ । उनका अनुसार हेलिकोप्टरमा यात्रा गर्दा एक किलोमिटरको ५५ हजार मात्र पर्छ ।

तर उनको दाबी झूटो भएको पाएपछि पाकिस्तानमा टप ट्रेन्डिङमा समेत आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार