सासुलाई नै बोक्सीको आरोप लगाई मारेर सल्यानको जंगलमा फालेपछि

  पहिलोपेज

 587 पटक हेरिएको

काठमाडौं, १६ भदौ । सम्बन्ध र व्यवहारहरु पनि कस्ता हुन्छन् ? पत्याउनै गाह्रो । दाङको तुलसीपुरमा एक बुहारीले आफ्नै सासुलाई बोक्सीको आरोप लगाई हत्या गरेको र सल्यानको जंगलमा लगेर फालेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन गरी तुलसीपुर उपमहागनरपालिका ९ बेलुवाकी ६९ बर्षीया सासु खोपी रावतलाई हत्या गरेको आरोपमा उनकी साइँली बुहारी दंगीशरण गाउँपालिका ३ हेकुलीकी ४० बर्षीया टंकी रावतलाई सार्वजनिक गरेको हो । बुहारीले सासुलाई झारफुक गर्न भन्दै गत भदौ ३ गते सल्यान कपुरकोट लगेको र पाँच गते फर्किने क्रममा कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वनको जंगलमा हत्या गरेको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

धामीझाँक्रीलाई हेराउँदा घरमै बोक्सी भएको भनेपछि आफूले सासुकै हत्या गरेको उनले प्रहरीलाई बयान दिएकी छन् । बुहारी टंकीलाई प्रहरीले भारतको कृष्णनगरबाट शनिबार बिहान पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सापकोटाले जानकारी दिए । झारफुक गर्न जाने भन्दै घरबाट निस्केको ९ दिनसम्म घरमा नआएपछि बुहारीले नै हत्या गरेको भन्दै छोरीले १२ भदौमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएका थिएकी थिइन् ।

हत्याको आरोपी टंकीकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यस क्रममा टंकीकी छोरीले “आमाले फोन गरेर शुक्रबार दिउँसो बोईको हत्या गरी आफू कृष्णनगर आएको” जानकारी गराएपछि प्रहरीले सासुको हत्या आरोपी टंकीलाई पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार