नेपालीमा ट्वीट गर्दै यस्तो लेखे भारतीय प्रधानमन्त्री मोदीले

  पहिलोपेज

 853 पटक हेरिएको

काठमाडौं, १५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक शिखर सम्मेलनको समापनका दिन नेपाली भाषामा ट्वीट गरेका छन् । उनले आफ्नो ट्वीटमा काठमाडौंमा अद्भूत र फलदायी बिम्स्टेक सम्मेलन आयोजना गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई धन्यवाद दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, “काठमाडौंमा अद्भूत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गर्नु भएकोमा म नेपालका प्रधानमन्त्री केपी। शर्मा ओली र नेपाल सरकारलाई विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु ।” लगातार दुईपटक गरिएको अर्को ट्वटीमा मोदीले भनेका छन्, “मेरो नेपाल भ्रमणका क्रममा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मीयताप्रति म आभार प्रकट गर्दछु । यस भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप गहिरो बनाउने छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार