बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौंमा

  पहिलोपेज

 417 पटक हेरिएको

काठमाडौं, १४ भदौ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि काठमाडौं आइपुगेकी छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी आज बिहान काठमाडौं पुगेकी हुन् ।

प्रधानमन्त्री शेख हसिनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन् ।

यसअघि भर्खरै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि काठमाडौं पुगिसकेका छन् । सम्मेलनमा भाग लिन यसअघि म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना, भुटानको अन्तरिम सरकारका प्रमुख छिरिङ वाङचुक र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत छान–ओ–छा बुधबार काठमाडौं आइसकेका छन् ।

अब थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा आउन बाँकी छन् । उनी पनि केही बेरमा काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । दुई दिने सम्मेलन आजबाट सोल्टी होटलमा सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार