राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच भेटघाट

  पहिलोपेज

 243 पटक हेरिएको

काठमाडौँ, १३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका राष्ट्रपति विन मिन्तले शिष्टाचार भेट गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज साँझ राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका हुन् ।

सो अवसरमा नेपाल म्यान्मा सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरी फर्केका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार