त्रिशूलीमा ट्रक खस्दा एकजनाको मृत्यु, एक बेपत्ता

  पहिलोपेज

 256 पटक हेरिएको

धादिङ, १३ भदौ । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ अन्तर्गत त्रिशूली नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । सोही घटनामा एक जनाको मृत्यु भएको छ ।

नदीमा खसेर हराइरहेका गजुरी गाउँपालिका वडा नं ६ का २१ वर्षीय रामकृष्ण भुजेलको खोजी भइरहेको छ । २२ वर्षीय केशर पुलामीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिए ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ ट्रमा सेन्टरमा पठाइएको छ । नदी ठूलो भएको र पानी परिरहेकाले उद्धारमा समस्या परेको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले उद्धारको कार्य जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार