व्यापार सम्झौता कार्यान्वयनको मुद्दाले प्रवेश नपाउने

वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेका अनुसार ‘फ्रि ट्रेड एग्रिमेन्ट’को ‘नेगोसिटिङ कमीटी’ले थुप्रै विषयहरु नै फाइनल गर्न बाँकी रहेकाले बिमस्टेक बैठकमा स्वतन्त्र ब्यपार सम्झौताकाबारेमा छलफल नहुने बताए ।

यो कमिटीको बैठक आगामी सेप्टेम्बरको पहिलो हप्ता बंगलादेशमा हुने तय भएको थियो । तर, बिमस्टेक सम्मेलनमा कारण सो बैठक पनि सर्ने भएको छ ।

यो पटक पनि स्वतन्त्र व्यापार सम्झौताको कार्यान्यवनका लागि ठोस प्रगति हुने अवस्था देखिएको छैन । यदि यो सम्झौता भएमा नेपाली उत्पादनले सहज रुपमा बिमस्टेक सदस्य राष्ट्रमा प्रवेश पाउने थिए । तर, सम्झौता भएको १४ वर्षसम्म पनि यसको प्रोसिड्योर टुंग्याउन नसकिने निश्चित जस्तै भएको छ ।

यो पटक बिमस्टेक बैठकमा ‘कष्टोल सिपिङ एगि्रमेन्ट’को ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’बारे मात्रै छलफल हुनेछ । यसमा नेपालले आफ्नो प्रतिक्रिया दिइसके पनि अन्य केही देशले दिन बाँकी रहेको वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार